मुख्य र प्रमुख सचेतकसँग सभामुखको छलफल

लोकपथ
49
Shares
फाइल तस्बिर

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संघीय संसद्मा प्रतिनिधित्व गर्ने मुख्य, प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका छन् ।

बुधबार दिउँसो सिंहदरबारस्थित सभामुखको सचिवालयमा छलफल गरेका हुन् ।

भोलि बस्ने प्रतिनिधि सभा बैठक, संसद्को क्यालेन्डर लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

बैठकमा सत्तारुढ दलका मुख्य सचेतक एवं एमाले प्रमुख सचेतक महेश बर्तौला, कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार लगायतको उपस्थिति रहेको थियो ।

भोलि दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?