काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा.मुकुल ढकाललाई पुनः स्पष्टीकरण सोध्ने निर्णय गरेको छ
पार्टी कार्यालय बनस्थलीमा आज बुधबार जारी बैठकले सो निर्णय गरेको हो ।
उनलाई साधारण सदस्यबाट पनि निष्कासन गनुपर्ने माग धेरैजसो केन्द्रीय सदस्यले गर्दै आएका छन् । यसअघि पनि ‘तपाईंलाई साधारण सदस्यबाट पनि निलम्बन किन नगर्ने ?’ भनेर रास्वपाले ढकाललाई स्पष्टीकरण सोधेको थियो ।
जवाफमा ढकालले पार्टी सभापति रवि लामिछानेमाथि नै प्रश्न उठाउँदै लामिछानेको राजीनामा मागेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया