गगन थापा भन्छन्– कांग्रेस कार्यकर्तामा राम्रो कामको प्रचार गर्ने बानी भएन

लोकपथ
182
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसमा राम्रो काम गर्नेहरुको प्रचार हुन नसकेको गुनासो गरेका छन् ।

मंगलबार रुपन्देहीमा आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

कुनै नराम्रो काम भएमा सबैले त्यसको बारेमा सामाजिक सञ्जालदेखि चोक चौतारोमा कुरा हुने तर राम्रो गरेमा कसैले पनि कुनै कुरा प्रचार नगर्ने बताए ।

आफूहरुले अब सरकारलाई काम गर्न दबाब दिने र राम्रो काम गराएर त्यसको प्रचार गराउने बताए । साथै अबको सरकार र कांग्रेसबाट सामेल भएका मन्त्रीहरुलाई राम्रो कामका लागि दबाब दिने समेत बताए । गरिएका राम्रो कामका बारेमा समेत प्रचार नहुँदा जनताले थाहा नपाएको बताए ।

त्यस्तै हचुवाका भरमा कांग्रेसमाथि लगाइएका आरोपबारे कुनै पनि कांग्रेसका नेतादेखि कार्यकर्तासम्मले खण्डन गर्न नसकेको बताए । उद्योगधन्दा कलकारखानाको विषयमा एमाले माओवादीले कांग्रेसले बेचेर खायो भन्ने हल्ला फैलाए पनि त्यसको तथ्यमा पुगेर कांग्रेसका नेता कार्यकर्ताले खण्डन गर्न नसकेको भन्दै कटाक्ष गरे । साथै आगामी दिनमा घटनाको सत्यतथ्य बुझेर त्यसको खण्डन गर्न सक्ने ताकत नेता कार्यकर्ताहरुले राख्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?