काठमाडौं । कोशीको प्रदेशसभा बैठक अनिश्चित बनेको छ । कांग्रेसले कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम नदिँदा बैठक अनिश्चित बेनेको हो ।
प्रदेशमा कांग्रेस र एमालेबीच मन्त्रालय बाँडफाँटमा सहमति भएपनि कांग्रेसले अझैसम्म मन्त्रीको नाम बुझाएको छैन ।
सहमतिअनुसार कांग्रेसले ४ मन्त्रालय पाउने छ । तर कांग्रेसले अहिलेसम्म नाम दिन सकेको छैन । कांग्रेसबाट नाम आउने बित्तिकै सरकार विस्तार गर्ने तयारीमा मुख्यमन्त्री कार्की रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया