सोलुखुम्बुमा बाढीपहिरोका कारण ठूलो क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण

लोकपथ
21
Shares

काठमाडौ ।  सांसद कृष्णबहादुर रोकायाले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ लाह्मु गाउँपालिका–५ थामेमा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन्  । 

राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनले भने, ‘साउन ३२ गते दिउँसो करिब ११ः३० बजे आएको बाढीका कारण खुम्बु पासाङ लाह्मु गाउँपालिकामा २०  घर, क्लिनिक, विद्यालयलगायत भवन बगाएको छ, थाम खोलाको उक्त बाढीमा एक जना बेपत्ता भएका छन् अन्य थुप्रै घर पुरिएका छन् ।’ उनले बेपत्ता भएका व्यक्तिको खोज तथा उद्धार तत्काल गर्न सरकारसँग आग्रह गरे। 

‘हिमताल फुटेको भनिएको छ, हिमताल कसरी फुटे भन्नेबारे अनुसन्धान हुन जरुरी छ । थप ताल फुट्न सक्ने जोखिमका बारेमा सरकार संवेदनशील हुनुपर्छ, ’ सांसद रोकायाले भने ।   

यसअघि आकस्मिक समयमा बोल्दै सांसद जयन्तीदेवी राईलगायत सांसदहरुले पनि खुम्बु पासाङ लाह्मु गाउँपालिका–५ थामेमा बसोबास गर्ने बासिन्दालाई अन्यत्र सार्नुपर्नेमा जोड दिएका थिए  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?