२०७८,श्रावण,१०,आईतवार

कारागारमा पछुताउँदै गैंँडा तस्कर

२०७४,कार्तिक,१५,बुधबार ०७:२३


–नारायण अधिकारीचितवन, १५ कात्तिक – थोरै रकमको प्रलोभनमा परेर धेरै सजाय भोग्नु पर्दा दुर्लभ एकसिँगे गँैंडा मारी खाग बिक्री वितरणमा संलग्न भरियादेखि शिकारीसम्म अहिले भरतपुर कारागारमा पछुताउँदै जीवन बिताइरहेका छन् दुई/चार हजारको लोभले यस्तो कार्यमा संलग्न अहिले १५/१५ वर्ष जेल बिताउनु पर्दा जीवन त वर्वाद भयो नै परिवारको समेत बिचल्ली भएपछि पछुताउन थालेका छन् । गैँंडा मार्न वन पसेकाको खाद्यान्न, लत्ताकपडा बोक्ने, बजारबाट खाद्यान्न वनसम्म पु¥याउने भरिया, गँैंडा मार्न सहयोग गरेर पाएको पैसासँगै बसेर भोज खाने साथीभाइदेखि गैंडालाई गोली हान्ने, खाग काट्ने र बिक्री गर्नेसम्मका कुख्यात तस्कर यतिबेला कारागारमा सँगै छन् भरतपुर कारागारमा मात्रै यो संख्या १२४ रहेको छ । जसमध्ये ठूलो संख्यामा अल्पसंख्यक चेपाङ समुदायका व्यक्ति रहेका छन् । कुल संख्यामध्ये ३६ जना चेपाङ नै रहेका छन् । त्यसो त एक दिन गाउँबाट खाद्यान्न बोकेर राप्तीको किनारसम्म पु¥याइदिनेदेखि २७ वटा गैंँडा मारेको स्वीकार्नेसम्मका व्यक्ति एउटै कारागारमा एउटै सजाय भोग्दैछन् सँगै भोज मात्रै खाने, रासन पु¥याउँदा दुई हजार पाएकादेखि २७ वटा गैँंडाको खाग तस्करी गर्दा करोडौं कमाउने सबैको अवस्था भने एउटै छ । आर्थिकरुपमा तस्करीकै बेला सम्पन्न भए पनि जसरी पैसा आयो, उसैगरी नै गएको भनाइ उनीहरुको छ चितवनको साविक कोराक गाविस–९ कालिखोलाका ३७ वर्षीय राजकुमार प्रजाले २७ वटा गैंँडा मारेर खाग बिक्री गरेको स्वीकारेका छन् । उनीमाथि १९ वटा मुद्दा छन् । सर्वाधिक खोजीको सूचीमा परेपछि नक्कली राहदानी बनाई मलेसिया पुगेका प्रजालाई त्यहीँबाट पक्राउ गरी यहाँ ल्याइएको हो शुरुमा २०६० सालमा भरियाबाट तस्करी थालेका उनी एकाएक मुख्य नाइकेको भूमिकामा पुगेका थिए । भारी बोक्ने क्रममा दुई गैँंडा मारेको बताउने उनी पछि मुख्य योजनाकार बनेपछि २५ गैंँडा मारेका स्वीकार्छन् । जसमध्ये २० वटा खाग काटेर बिक्री गरेको र पाँचवटा गैंँडा गोली लागेपछि भागेको उनको स्वीकारेका छन् भारी बोक्दा २०/२५ हजार कमाउने उनले समग्र योजना बुनेर गैंँडाको खास बिक्री गर्दा एउटै खागबाट २०/३० लाखसम्म कमाएको बताए । त्यसरी कमाएको पैसा अहिले उनीसँग बाँकी छैन । उनले भने “धेरै पैसा कमाएँ, तर जसरी आयो, उसैगरी गयो ।” भाग्ने, लुक्ने र मोजमस्तीमै सबै पैसा खर्च भएको उनले बताए उनका ११ वर्षे छोरा र १३ वर्षे छोरी घरमा श्रीमतीसँगै छन् । उनको कारागार जीवन अझै १२ वर्ष ६ महिना बाँकी छ । उनले भने “जुन अपराध मैले जानी नजाने गरेँ, यसलाई पखाल्ने गरी जेल जीवनपछि समाज सेवामा लाग्नेछु ।” तस्करी गरेर उनले जति कुनै चेपाङले पैसा पाएनन् । “तर पाएर पनि मैले के गरेँ” उनले गुनासो गरे “यस्ता अपराधी कार्यमा कोही नलागोस् । अहिले पछुताउनु बाहेक मसँगै केही बाँकी रहेन ।”त्यसो त उनी मात्रै होइन, उनले पूरै इष्टमित्र र आफन्तलाई यो दलदलमा फसाएका छन् । उनका दाजु दलबहादुर र बलबहादुर यही कसुरमा सँगै कारागारमा छन् । भिनाजु रामचन्द्र, भान्जा वुद्धि, जेठान वीरबल, साला काजीमान पनि उनीसँगै कारागारमा छन् यसमध्ये कतिपय भरिया छन् भने कतिपय गोली हान्ने ‘सुटर’ रहेका छन् । जसमध्येका भरिको मात्रै काम गरेका कोराकका वीरबल प्रजा दुई हजारको लोभमा फसेको बताउँछन् दिनभर गाउँमा काम गर्दा एक सय ज्याला पाउनेमा गाउँबाट वनसम्म रासन पानी पु¥याउँदा दुई हजार पाउँछु भनेर लागेकै कारण अहिले १५ वर्ष कारागार जीवन बिताउनु परेको दुःखेसो गर्छन् । कसैको सामग्री बोक्दा होस् वा कसैसँगैसँगै बसेर भोज खाँदा पनि ध्यान दिनुपर्ने उनको भनाइ छ उनले भने “मेरो जीवन त सकी नै हाल्यो, अरुको जीवन यस्तो नहोस् ।”दुर्लभ वन्यजन्तुको संरक्षणमा सबै जुट्नुपर्ने भन्दै उनले अपराध कर्ममा कोही पनि लाग्न नहुने बताए । “टाठाबाठाले अझै पनि हाम्रा गाउँका सोझासाझा फसाउन सक्छन्, तपाइँहरुले सन्देश प्रवाह गरिदिनु प¥यो” वीरबलको आग्रह छ चालीस वर्षीय वीरबल २०६२ साउन ७ गतेदेखि भरतपुर कारागारमा छन् । १५ वर्ष जेल र एक लाख जरिवाना तोकिएका उनलाई अहिले एक लाख जरिवाना कसरी तिर्ने भन्ने चिन्ताले पनि सताएको छ उनले भने “एक लाख तिर्नसक्ने अवस्था छैन, त्यसबापत थप चार वर्ष कारागार बन्नुपर्ने अवस्था छ ।” दुर्लभ एकसिंगे गैँंडाको खाग चोरी तस्करी गर्नेलाई अधिकतम् १५ वर्ष जेल र एक लाख रुपैयाँ जरिवाना हुने व्यवस्था छ । जसमध्ये जरिवाना तिर्न नसक्नेले थप चार वर्ष जेल जीवन बिताउनुपर्ने हुन्छ कारागारमै दोस्रोपटक गैँंडा तस्करीमा परेका मकवानपुर बसामाडीका रामशरण विक पनि अहिले पछुताउमा छन् । अरुको भन्दा छुट्टै जीवनचर्या हाउभाउ देखाउने उनी गल्तीको प्रायश्चित गर्दै कारागार जीवन बिताइरहेका छन् तीनवटा गैँंडा मारेर खाग बिक्री गरेको स्वीकार्ने उनले यही पैसाले काठमाडाँैंमा घर किने । तीनवटी श्रीमती भित्र्याए । गाडी चढेर सेनाको पोशाक लगाएर आफूलाई सेनाको मेजर भन्दै सेना र प्रहरी दुवैलाई छक्काएर खाग तस्करीमा संलग्न उनी अहिले जीवनको ठूलो पछुतोमा छन् कमाएको पैसाले कान्छी श्रीमतीको नाममा काठमाडौँंमा किनेको घर अहिले बिक्री गरेर कान्छी श्रीमती सम्पर्कविहीन छन् । उनले पछुतो मान्दै भने “जसरी कमाएँ, यसैगरी गुम्यो, यस्तो अपराधिक कर्ममा कोही नलागोस् ।”पहिलोपटक पाँच वर्ष कारागार परेका उनी ४२ महिना कारागार बसेर छुटेका थिए । त्यसपछि उनी झन् सुरो तस्करका रुपमा प्रस्तुत भए, जसले तीन गैँंडा मात्रै मारेनन् उनीसँगै धेरैको जीवन बर्वादीमा पु¥याए । अहिले ४४ वर्षका उनी कारागारबाट निस्कँदा ५१ वर्षका हुनेछन् । त्यसपछिको जीवन तस्करी नियन्त्रण र गैंँडा संरक्षणमा लाग्ने उनको भनाइ छ भरतपुर कारागारका प्रमुख कमलप्रसाद काफ्ले सामान्य अपराधदेखि जघन्य अपराध गर्नेसम्म कारागारमा रहेको बताउछन । अशिक्षा र गरिबीकै कारण आपराधिक कार्यमा लाग्नेको संख्या ठूलो रहेको भन्दै उनले अपराध गर्नु हुन्न भन्ने सन्देश दिन जरुरी रहेको बताए दुर्लभ वन्यजन्तु चोरी शिकार गर्दा यो हदको कारबाही व्यहोर्नुपर्छ भन्ने सन्देश फैलाउन सके यस्ता कार्यमा कमी आउने उनको भनाइ छ चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल गैंँडा मारेर खाग तस्करीमा संलग्न एक सय जनाभन्दा बढी अझै फरार सूचीमा रहेको बताउछन निकुञ्जले गैंडा संरक्षणका बारेमा गाउँगाउँमा जनचेतना फैलाउँदै आएको बताउँदै कँडेलले चेतना फैलाउने कार्यलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउने बताए ।

प्रकाशित मिति: २०७४,कार्तिक,१५,बुधबार ०७:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

धादिङमा २० वर्षीया युवती मृत फेला
 २०७८,श्रावण,१०,आईतवार १५:४२
बैंकिङ कसुर मुद्दामा फरार महिला पक्राउ
 २०७८,श्रावण,१०,आईतवार १५:३१