प्रतिनिधिसभाबाट पारित टीआरसी विधेयक राष्ट्रिय सभामा टेबल

लोकपथ
63
Shares

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग संशोधन विधेयक (टीआरसी विधेयक) २०८१ राष्ट्रिय सभामा टेबल भएको छ ।

बुधबार प्रतिनिधि सभाले पारित गरेको उक्त विधेयक बिहीबार राष्ट्रिय सभामा टेबल भएको हो ।

राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले प्रतिनिधि सभाबाट प्राप्त उक्त विधेयक सन्देशसहित आज बसेको राष्ट्रिय सभा बैठकमा टेबल गरेका हुन् ।

राष्ट्रियसभाबाट पारित भएपछि उक्त विधेयक प्रतिनिधि सभामा आउने र त्यहाँबाट राष्ट्रपति कार्यालयमा पठाइनेछ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि उक्त विधेयकले कानुनको रुप लिनेछ ।

नेपालमा शान्ति स्थापना भएको १८ वर्षपछि शान्तिप्रक्रियाका बाँकी काम टुंगो लगाउने सरकारले पहल थालेपछि त्यसमा सबै राजनीतिक दलले साथ दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?