संघीय संसद्को २ समितिका सभापतिको चयन आज

लोकपथ
28
Shares

काठमाडौं । संघीय संसद् अन्तर्गतको २ समितिको सभापतिको चयन आज हुँदैछ ।

प्रतिनिधि सभा अन्तर्गतको संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको नेतृत्व आज चयन गर्न लागिएको हो ।

समितिको नेतृत्वका लागि बुधबार मनोनयन दर्ता भइसकेको छ ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिमा एमालेका ठाकुर गैरे र
संसदीय सुनुवाइ समितिमा कांग्रेसकी ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको छ ।

दुवै समितिमा एकल उम्मेदवारी परेका कारण आज उनीहरु नै समितिको सभापति चयन हुनेछन् ।

आज दिउँसो एक बजेका लागि बैठक बोलाइएको छ । दुवै समितिको छुट्टाछुट्टै समितिको बैठकले सभापति चयन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?