काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी भदौ ६ गते संसद्मा सांसदहरुसँग प्रश्नोत्तर गर्ने भएका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले आगामी भदौ ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर रहेको जानकारी गराए ।
प्रतिनिधि सभा नियमावली अनुसार हरेक महिना सांसदहरुको जिज्ञासामा प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।
जसअनुसार पहिला नै सांसदहरुले लिखित प्रश्न प्रधानमन्त्री कार्यालयमा बुझाउने र त्यसको जवाफ प्रधानमन्त्रीले दिने प्रचलन रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया