मुकुललाई पार्टीको साधारण सदस्यबाट पनि निकाल्ने रास्वपाको तयारी, २४ घण्टे अल्टिमेटम

लोकपथ
434
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाललाई साधारण सदस्यबाट पनि निकाल्ने तयारी गरेको छ ।

गत असार २५ गते रास्वपाले उनलाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएको थियो । तर उनलाई स्पष्टीकरण सोध्दै साधारण सदस्य राख्ने वा नराख्ने निर्णय गर्ने रास्वपाले बताएको थियो । उनलाई आफूमाथि गरिएको कारबाही चित्त नबुझेमा पुनरावेदन गर्नका लागि ३० दिनको समय दिएको थियो । तर उनले कुनै पनि जवाफ नदिइ सञ्चार माध्यममा पार्टीको विरुद्ध बोल्दै हिँडेको भन्दै २४ घण्टाभित्र पार्टीमा किन राख्ने ? भन्ने विषयमा स्पष्ट धारणा पेस गर्न अल्टिमेटम दिएको छ ।

‘अतः उल्लिखित पृष्ठभूमिमा पार्टी विरुद्ध नियोजित रुपमा निरन्तर सक्रिय तपाईंलाई पार्टीको साधारण सदस्यबाट किन निष्कासन नगर्ने ? तपाईंको साधारण सदस्यता किन खारेज नगर्नु पर्ने हो ? आफ्ना आधार प्रमाण तथा भनाईसहित २४ घण्टाभित्र पार्टीमा स्पष्टीकरण पेश गर्नुहुन सुचित गरिन्छ,’ रास्वपाले मुकुललाई पठाएको पत्रमा भनिएको छ ।

यद्यपि मुकुलले २४ घण्टाभित्र आफ्नो धारणा नदिएमा साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?