संसद् बैठकलाई प्रधानमन्त्री ओलीसहित शीर्ष नेताहरुले सम्बोधन गर्ने

लोकपथ
210
Shares

काठमाडौं । आज बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् ।

आज संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संसद्मा छलफल हुँदैछ । उक्त विधेयकमाथि छलफल हुनुपूर्व प्रधानमन्त्री ओलीसहित पूर्व प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले समेत सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

यसअघि मंगलबार बसेको बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ प्रस्तुत गरेकी थिइन् ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरासियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत कार्यसूची रहेको छ ।

त्यसअघि कानुनमन्त्री चौरसियाले ‘कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

उक्त विधेयक आजै पारित गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?