काठमाडौं । आज प्रतिनिधि सभा बैठक बस्दैछ ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित प्रस्तुत हुँदैछ ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरासियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत कार्यसूची रहेको छ ।
त्यसअघि कानुनमन्त्री चौरसियाले ‘कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०७९ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यसपछि प्रस्तावमाथि छलफल हुनेछ ।
यसअघि मंगलबार बसेको बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ प्रस्तुत गरेकी थिइन् ।
यसअघि प्रतिनिधि सभाले उक्त विधेयक दफावार छलफलका लागि समितिमा पठाएकोमा समितिले सर्वसम्मतिले उक्त विधेयक पारित गरेको थियो ।
उक्त विधेयकमाथि आज छलफल गरी आजै पारित गर्ने तयारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया