केपी ओलीविरुद्ध भट्टराई भिड्दै

मोरङ, १५ कात्तिक  । नेपालमा स्थापित ठूला दलहरु वाम र लोकतान्त्रिक गठबन्धन बनाएर चुनानी तालमेलमा लागिरहेको बेला पूर्वी नेपालमा लिम्बुवान राज्य हुनुपर्ने माग राख्दै आएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च भने एक्लै प्रतिप्रष्र्धामा उत्रिने उद्घोषको साथ अभियान थालेको छ पाहिचानवादी साना दलहरुले तालमेलको प्रयास गरेपनि एक आपसमा नमिलेपछि मञ्च एक्लै मैदानमा उत्रिने निर्णय सहित चुनावी अभियानमा लागेको हो । मञ्चले आज मोरङको उर्लाबारीमा विषेश प्रशिक्षणको आयोजना गरेका थिए । झापा, मोरङ, सुनसरी, इलाम, सप्तरी र सिराहाका प्रत्यक्ष उमेद्वार उपस्थिात प्रशिक्षणमा अध्यक्ष कुमार लिङदेन (मिराक)ले चुनावी रणनीति बारे नेता कार्यकर्ताहरुलाई बिषय राखेका थिए । कार्यक्रममा उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, महासचिव अशोक चेम्जोङ लगायतले बोलेका थिए दाप सहितको खुकुरी चिन्ह लिएर मैदानमा उत्रिएका मञ्चले दुई गठबन्धनको मुख्य नेताहरु उठ्ने सबै क्षेत्रहरुमा उमेद्वारी दिने भएका छन् । सो पार्टीले एमाले अध्यक्ष केपी ओली उठ्ने झापा ५ मा मञ्चले भानु भट्टराईलाई भिडाउने भएको छ । उक्त क्षेत्रमा पहिलो संविधानसभाको निर्वाचनमा एमाले अध्यक्ष ओलीलाई त्यो बेला पराजित गर्ने तत्कालीन माओवादीका विश्वदिप लिङ्देन यो पटक संघीय समाजवादी फोरमको तर्फबाट उठ्ने भएका छन् मञ्चले झापा ३ मा कांग्रेसका कृष्णप्रसाद सिटौलासंग मिन चौलागाई, १ मा कांग्रेसकै युवा नेता विश्वप्रकाश शर्मासँग धनबहादुर पन्धाक भिडाउने भएका छन् प्रतिनिधिसभामै ताप्लेजुङ्गमा एमाले नेता योगेश भट्टराईसँग बिस्नु याक्सो, पाँचथरमा कांग्रेसका भिष्मराज आङ्देम्बेसँग सागर केरुङ, इलाम १ मा एमाले नेता झलनाथ खनालसँग दिलप्रसाद नेम्वाङ, २ मा सुबास नेम्वाङसँग दीपक योङ्हाङ्ग उठाउने पक्का भएको छ । त्यसैगरी मोरङ २ मा कांग्रेसका मिनेन्द्र रिजालसँग थिरबहादुर लावती, ६ मा कांग्रेसका शेखर कोइराला र एमालेका लाबबाबु पण्डितसँग दुखाराम माझी, १ मा कांग्रेसका डिकबहादुर लिम्बू र एमालेका घनश्याम खतिवडासँग मञ्चका महासचिव अशोक चेम्जोङ्ग, ३ नम्बर क्षेत्रमा कांग्रेसका सुनिल शर्मासँग मञ्चका उपमहासचिव भबिराज लिम्बू चुनावी मैदानमा उत्रिने भएका छन् वाम र लोकतान्त्रिक गठबन्धनले विभिन्न क्षेत्रमा आफ्नो उमेद्वार उठाउने तयारी गरेपछि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पनि उमेद्वार टुङ्गो लगाउदै चुनावी अभियान थालेको हो । अभियान १८ गते ताप्लेजुङ्गबाट पाँचथर, इलाम, झापाहुदै १ नम्बर प्रदेशको १४ वटै जिल्लामा पुग्ने मञ्चका महासचिव अशोक चेम्जोङले बताए । अभियानमा मञ्चका अध्यक्ष कुमार लिङ्देन, स्थापित गायक कलाकार बिनोद खम्बू लगायतको टोली रहेने सो संगठनले जनाएको छ कोशी पूर्व नौ जिल्ला केन्द्रीत मञ्चले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको लागि एक सय ५० भन्दा बढी उमेद्वार उठाउने तयारी गरेको छ । आगामी मंसिरमा दुई चरणमा हुन लागेको निर्वाचनको लागि प्रतिनिधि र प्रदेशसभामा समानुपातिकतर्फ एक सय दुवै सभाको लागि प्रत्यक्षमा ५० भन्दा बढी उमेद्वार उठाउने तयारी भइरहेको अध्यक्ष लिङ्देनले बताए मञ्चले पहिलो संविधानसभाको निर्वाचनमा समानुपातिकतर्फ २ वटा सभासद जितेको थियो । दोस्रो संविधानसभाको निर्वाचन ३३ दलीय मोर्चामा लागेर वहिस्कार गरेको मञ्चले गएको स्थानीय तहको निर्वाचनमा भने इलामको चुलाचुली—१ नम्बरमा वडाको प्यानलै र धनकुटाको साँगुरीगडी ४ मा वडा अध्यक्ष मात्र जितेका छन् । वडा सदस्य भने अन्य जिल्लाको विभिन्न तहमा जितेको महासचिव चेम्जोङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?