संसद्मा रास्वपाको अवरोध

लोकपथ
238
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्मा अवरोध खडा गरेको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा रास्वपा सांसद हरि ढकालले सडक दुर्घटनासम्बन्धी विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । तर उनले आकस्मिक समयमा अन्य विषय प्रवेश गर्न खोजेपछि सभामुख देवराज घिमिरेले आपत्ति जनाएका थिए । सांसद ढकालले सरकारले भ्रष्टाचार निवारणसम्बन्धी कानुनमा हदम्याद लगाउने कानुन ल्याउन लागेको भन्दै त्यसमा आवाज उठाउने तयारी गरेका थिए ।

तर सभामुख घिमिरेले आकस्मिक समयमा विषयमा केन्द्रीत भएर बोल्न आग्रह गरे । त्यसक्रममा अन्य सांसदहरुले समेत उठेर विरोध जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?