ढुंगेलको गिरफ्तारीबाट प्रचण्डलाई नै फाइदा !

काठमाडौँ, १५ कात्तिक – बालकृष्ण ढुंगेलको गिरफ्तारीले माओवादी नेता कार्यकर्तामा एक खालको भावनात्मक आवेग उत्पन्न गराएको छ । जनयुद्धकालीन सहयात्राको न्यानो आत्मीय सँबेदना उनीहरुमा फेरी जागेको छ र त्यसले विस्तारै काँग्रेसप्रतिको उनीहरुको रणनीतिलाई आक्रामक बनाएको छ कार्यकर्तामा यस्तो भावना जाग्नु प्रचण्डका लागि प्लस प्वाइन्ट हो, किनभने यो आवेगलाई चुनावमा यूज गर्न सकिन्छ । हजारौं कार्यकर्ता गुमाएको माओवादीलाई एकजना बालकृष्ण ढुँगेल जेल जाँदैमा केही फरक पर्नेवाला त हैन, तर यसले चुनावमा होमिन कार्यकर्तालाइ तताएको छ, उकासेको छ र उत्तेजित बनाएको छ । ‘सत्तामा भइएन भने यीनले बालकृष्ण कमरेडलाई मात्र हैन, हामी कसैलाई बाँकी राख्दैनन्’ भन्ने भयको प्रतिक्रिया स्वरुप ‘चुनावमा जसरी पनि पार्टी या बाम गठबन्धनलाई जिताउनुपर्छ’ भन्ने प्रेरणा यसले जगाएको छ यति मात्र हैन, ‘शान्ति प्रकृया भाँडन खोजेको, हतियार माफीयाको उक्साहटमा लागेको, चुनाव विथोल्ने षडयन्त्र गरेको, गणतन्त्र धरापमा पार्न खोजेको’ आदि भनेर बाम गठबन्धनका नेताहरुले चुनावी सभाहरुमा शेरबाहादुर देउवालाई भरमार गाली गर्ने बहाना पनि पाएका छन् देउवाको ‘बालकृष्ण कार्ड’ प्रत्यूत्पादक होलाजस्तो छ, किनकी नकचराहरुले भरीएको देशमा बालकृष्णको गिरफ्तारीलाई चुपचाप सहेर एमाले माके चुनावमा जानेछन् उनीहरुलाई थाहा छ, हिजो हामीहरु सरकारमा हुँदा प्रहरीले बालकृष्णलाई छुनै सकेको थिएन, फेरी सरकारमा गएपछि आम माफी दिलाइहालीनेछ । किनकी अहिले बालकृष्णलाई प्रहरीले समातेको हैन, देउवाले समातेका हुन् नी -पत्रकार कुसुम भट्टराइकाे फेसबुकवालबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?