भारतीय विदेश सचिव मिस्री नेपाल आउँदै

लोकपथ
133
Shares

काठमाडौं । छिमेकी राष्ट्र भारतका विदेश सचिव विक्रम मिस्रीले नेपाल भ्रमणमा आउने भएका छन् ।

परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा आगामी साउन २७ देखि २८ गतेसम्म नेपालको औपचारिक भ्रमणका लागि आउन लागेका हुन् ।

दुई देशका विदेश सचिवबीच पारस्परिक हितका विषयलाई अगाडि बढाउने तथा सम्बन्ध थप सुदृढीकरण गर्नेलगायत विभिन्न विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले आज जनाएको छ । भ्रमणका क्रममा भारतीय विदेश सचिव मिस्रीले नेपालका विशिष्ट व्यक्तिसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

यो भ्रमण दुई छिमेकी देशबीचको नियमित भ्रमण आदानप्रदानको निरन्तरता भएको बताइएको समेत परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेश सचिव मिस्री साउन २८ गते काठमाडौंबाट भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

उनको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै छिमेकी पहिलो नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गर्ने विश्वास लिइएको छ । नेपाल र भारतबीच सदियौँ पुरानो सभ्यतागत, संस्कृतिक र जनता–जनताबीचको सम्बन्ध रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?