काठमाडौं । ‘जम्बो’ मन्त्रिपरिषद् गठनका कारण विवादमा तानिएका मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहलाई जनमत पार्टीले स्पष्टीकरण सोधेको छ । पार्टीसँग समन्वय नै नगरी मन्त्रालय बाँडफाँट गरेको र मन्त्रिपरिषदको संख्या पनि ठूलो बनाएको भन्दै जनमत पार्टीले मुख्यमन्त्री सिंहसँग स्पष्टीकरण माग गरेको हो ।
मुख्यमन्त्री सिंहले केही दिनअघि २० सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए, जसको अहिले सर्वत्र विरोध भइरहेको छ । मुख्यमन्त्री सिंह जनमत पार्टीका प्रदेश सांसद हुन् । उनलाई जनमत पार्टीले मुख्यमन्त्री बनाएका थियो । जनमत पार्टीका प्रवक्ता डा. शरतसिंह यादवले पार्टीसँग समन्वय नगरी सत्ता साझेदार दलसँग मन्त्रालय बाँडफाँट गरेको र जम्बो आकारको मन्त्रिपरिषद गठन गरेकोले पार्टीले स्पष्टीकरण माग गरेको बताए ।
‘पार्टीले दिएका निर्देशनहरू बेवास्ता गरेको, बजेट बनाउने क्रममा माननीयहरूलाई पाँच करोड दिने विवादास्पद अभिव्यक्ति दिई जनमत पार्टीको छविमा बारम्बार आँच पु¥याएको भन्ने पनि कुरा आएको छ,’ यादवले भने, ‘यी विषय पनि स्पष्टीकरणमा समेटिएका छन् । यादवले संघमै सानो मन्त्रिपरिषद्को प्रस्ताव गर्ने पार्टीले प्रदेशमा आफ्नो नेतृत्वमा कसरी जम्बो मन्त्रिपरिषद्को कल्पना गर्ने प्रश्न गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया