काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको स्थायी कमिटी बैठक बोलाएको छ ।
माओवादी केन्द्रले अपरान्ह ४ बजेका लागी बैठक बोलाएको हो ।
समसामयिक राजनीतिक परिस्थिति, विगतको समीक्षा र पार्टी निर्माणबारे छलफल गर्नका लागि बैठक आह्वान गरिएको हो ।
बैठकका एजेण्डाहरु तय गर्नका लागि बिहान ११ बजे शीर्ष नेताहरुको बैठक बस्दैछ ।
स्थायी कमिटी बैठक पार्टी मुख्यालय पेरिसडाडामा बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया