कृष्ण सिटौलाको हालत खराब, कमल थापाको मान्छेको भाग्य चम्कियो

झापा, १५ कात्तिक – वाम गठबन्धनले झापा ३ मा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाई सघाउने भएको छ । योसँगै समानुपातिकबाट प्रत्यक्षमा फर्किएका कृष्ण सिटौलालाई अप्ठेरो पर्ने देखिएको छ । सिटौलाले पनि सोहि क्षेत्रबाट उम्मेदवारी दिने बताइएको छ एमाले झापाका अध्यक्ष चिन्तन पाठकले राप्रपालाई ३ नम्बर क्षेत्रमा सघाउने सहमति भएको जानकारी दिए शुरुमा झापा ३ मा कांग्रेस र राप्रपाबीच तालमेल गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार कांग्रेसले नेता कृष्णप्रसाद सिटौलालाई समानुपातिकको सूचीमा राखेको थियो भने कमल थापा नेतृत्वकाे राप्रपाले लिङ्देनलाई उम्मेदवार बनाउने घोषणा गरेको थियो सिटौलाले प्रत्यक्षमै चुनाव लड्ने भनेपछि कांग्रेसले राप्रपासँग सहमति तोड्दै उनैलाई उम्मेदवारको रुपमा अघि सारेको छ यो निर्णयले राप्रपासँग कांग्रेसको सम्वन्ध विग्रिएको ठानिएको छ । बाम गठबन्धले राजेन्द्रलाई सघाउने भएसँगै उनको पक्षमा जनमत बलियो देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?