कांग्रेस बैठकमा ११ एजेण्डा पेस, भोलिबाट निरन्तर छलफल हुने

लोकपथ
161
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा विभिन्न ११ एजेण्डाहरु पेस भएका छन् ।

पार्टी मुख्यालय सानेपामा आजबाट सुरु भएको केन्द्रीय समिति बैठकमा विभिन्न ११ एजेण्डा पेस भएका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

उनका अनुसार महासमिति बैठकमा पेस भएका एजेण्डाहरु पेस भएको र भोलिबाट ती एजेण्डामा छलफल हुनेछ ।

महासमिति बैठकमा पेस भएका ती एजेण्डाहरु परिमार्जनसहित पारित गर्ने, राष्ट्रिय सहमतिको सरकारका सम्बन्धमा भएको सहमति अनुमोदन, भ्रातृ संगठनहरुको अधिवेशनको समयमा निर्देशन समिति बनाउने, १०० दिने सांगठनिक अभियान (भदौ १५–मंसिर २५) सञ्चालन गर्ने लगायतका एजेण्डाहरु पेस गरिएका हुन् । त्यस्तै अनुशासनको कारबाहीका लागि भएका सिफारिस, पार्टीका विभिन्न तहमा रिक्त स्थानमा पदपूर्ति, जनसम्पर्क समिति बनाउने एजेणडाहरू पनि समेटिएका छन् ।

पेस भएका ती एजेण्डामाथि भोलिबाट निरन्तर छलफल भइ केही दिनमा पारित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?