भ्रष्टाचार नगरेको विषयमा चित्रगुप्ताको अघि पनि बयान दिनसक्छु : प्रधानमन्त्री ओली

लोकपथ
336
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जिन्दगीमा कहिल्यै भ्रष्टाचार नगर्ने र भ्रष्टाचार पनि नसहने दाबी गरेका छन् ।

मंगलबार सिंहदरबारमा बसेको राज्यव्यवस्था समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

उनले राज्यको सम्पति अपचलन गरेर आफ्नो बनाउन नौतिकताले पनि नदिँने भन्दै उनले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार पनि नसहने दाबी गरेका हुन् ।

उनले भने, ‘यस समिति समक्ष म स्पष्ट पार्न चाहन्छु । मैले पहिले पनि जिन्दगीमा कहिल्यै भ्रष्टाचार गर्दिन, भ्रष्टाचार सहिन्न पनि । मेरो नजर बाहिरबाट भ्रष्टाचार हुनु बेग्लै कुरा हो । राजनीतिक रुपमा कुरा उठाउनु हिलो छ्याप्नु छुट्टै कुरा हो । म दावाकासाथ भन्छु । यो धर्तिको अदालतमा मात्र होइन चित्रगुप्ताको अगाडि पनि म जवाफ दिन सक्छु । मलाई धन आर्जन गर्नु छैन । राज्यको सम्पति अपचलन गरेर आफ्नो बनाउन मेरो नौतिकताले पनि दिँदैन ।’

उनले आफ्नो नजरभन्दा बाहिर कसैले भ्रष्टाचार गरेकोलाई आफूले गर्न दिएको भन्न नमिल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?