बाम गठबन्धले यसरी गर्यो सिट बाँडफाँड, के गर्दैछ कांग्रेस ?

काठमाडौँ, १५ कात्तिक – एमाले र माओवादीको बाम गठबन्धनले प्रदेश र प्रतिनिधिसभाका लागि सीट संख्याको बाँडफाँडसँगै निर्वाचन क्षेत्रको पनि टुङगो लगाएका छन् प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनमा एमालेले ७५ र माओवादी केन्द्रले ४६ र स्वतन्त्रलाई ७ सिट छुट्टयाएका छन् यसअघि एमालेले २१ र माओवादीले १६ सिट लिने सहमति गरेका थिए । बाम गठबन्धनका दुई दलबीचको सिट भागबण्डामा प्रतिनिधिसभातर्फ १६५ सिटमध्ये एमालेले ९६ तथा माओवादी केन्द्रले ६२ सिट भाग लगाएका छन् त्यस्तै प्रदेश सभाअन्तर्गत एमालेले १७५ र माओवादीले ९३ सिट पाएका छन् । राष्ट्रिय जनमोर्चा तथा हृदयेश त्रिपाठी समूहलाई ६ सिट छुट्याइएको छ । प्रदेश सभामा एमालेले १९८ र माओवादीले १२६ सिट पाएका छन् । पहिलो चरणमा प्रदेश सभाका लागि एमालेले ४१ र माओवादीले ३३ सिट लिएका थिए बाम गठबन्धनले स्वतन्त्रलाई प्रतिनिधिसभामा ७ सिट र प्रदेश सभामा ६ सिट दिएका छन् । गठबन्धनबाट राष्ट्रिय जनमोर्चा, राप्रपा र हृदयेश त्रिपाठी समूहले स्वतन्त्र हैसियतमा प्रतिनिधिसभामा सात सिट पाउने भएका हुन् यता कांग्रेसले निर्वाचन कार्यतालिका नजिकिएपछि नेपाली कांग्रेसको नेतृत्वको लोकतान्त्रिक गठबन्धनले पनि दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको चुनावी तालमेल बुधबार बेलुकाभित्र टुंगो लगाउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?