फोनबाट धम्की दिएर पैसा असुल्ने घैटे दमौलीबाट पक्राउ

तनाहुँ, १५ कात्तिक – फोनबाट व्यक्तिहरुलाई धम्की दिएर नगद असुलेको अभियोगमा तनहुँ प्रहरीले व्यास ७ पाथ्राका एक युवकलाई पक्रेको छ । व्यास ७ पाथ्रा निवासी २९ वर्षीय घैटे भनेर चिनिने रोशन गुरुङलाई प्रक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिएका छन् दमौली बजारका व्यवसायीहरु लाई फोनमार्फत धम्की दिंदै असुली गर्दै आएका गुरुङले कलेस्ती बजारमा फर्निचर उद्योग सञ्चालन गर्दै आएका अर्जुन विकलाई फोनमार्फत धम्काई रकम नदिएमा मारिदिने धम्की दिएका थिए । गुरुङलाई प्रहरीले आईतबार दिउँसो व्यास ३ स्थित अनशन चौतारीबाट प्रहरीले पक्राउ गरी सार्वजनिक अपराध मुद्दा दर्ता गरेको छ गुरुङलाई अनुसन्धानका लागि प्रशासन कार्यालयबाट सात दिनको म्याद लिइएको प्रहरी नायब उपरीक्षक जोशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?