मधेसी दलमा भाँडभैलो, उपेन्द्रविरुद्ध बागी हाल्ने घोषणा

काठमाडौँ, १५ कात्तिक – आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनका नेताहरुले केन्द्रमा बसेर सिट बाँडफाँड गरेर सार्वजनिक गरेलगत्तै असन्तुष्टि जनाउँदै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध राजपाका एक नेताले वागी उम्मेदवारीको घोषणा गरेका छन् सप्तरी निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी निश्चित भएपछि राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका हुन् राजविराजमा मंगलबार साँझ आयोजित पत्रकार सम्मेलनमा ठाकुरले पार्टीको गलत निर्णयविरुद्ध आफूले स्वतन्त्र उम्मेदवारीको घोषणा गर्दै पार्टीको सहमहामन्त्रीलगायत साधारण सदस्यसमेत परित्याग गरेको बताए यसअघि दोस्रो संविधानसभाको निर्वाचनमा तत्कालीन सप्तरी क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएर पराजित भएका ठाकुर पछिल्ला मधेश आन्दोलनमा निकै सक्रिय थिए उनी आफूलाई प्रतिनिधिसभाको टिकट दिइने भन्दै चुनावको तयारीमा जुटेका थिए । तर ठाकुर आकांक्षी रहेको निर्वाचन क्षेत्रमा राजपाले संघीय फोरम नेपाललाई दिएपछि ठाकुरले गठबन्धनले गरेको बाँडफाँड बाहिर आएलगत्तै स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् त्यस्तै, गत शनिबारदेखि टिकटका लागि राजविराजमा आमरण अनशनमा बसेका राजपाका क्षेत्रीय सभापति लक्ष्मण यादवले समेत प्रदेशसभाका लागि मंगलबारै स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको राजपाका सहमहामन्त्री ठाकुरले जानकारी दिए निष्ठावान र सक्रिय कार्यकर्तालाई पाखा लगाई पार्टीले टिकट वितरणमा भेदभाव गरी नातावाद, पहुँच र व्यक्तिवादका आधारमा टिकट वितरण गरेको भन्दै शुरु गरेको अनशन यादवले मंगलबारदेखि स्थगित गरेका छन् अनशन स्थगित गरेपछि क्षेत्र नम्बर २ (ख) बाट उहाँले प्रदेशसभामा आफूले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरे । क्षेत्र नम्बर २ को (ख) बाट राजपाका महासचिव मनिष सुमनको उम्मेदवारी परेको राजपाबाट बुझिएको छ यता बागी उम्मेदवारी दिएकालाई पुनः पार्टीमा फर्काउने प्रयास भइरहेको राजपा नेता गजेन्द्र मण्डलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?