काठमाडौं । प्रतिनिधि सभा बैठक सारिएको छ ।
साउन २० गते आइतबार दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको थियो । तर सो दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा परेका कारण सोमबारका लागि बैठक सारिएको हो ।
संघीय संसद् सचिवालयले विज्ञप्ति जारी गर्दै आइतबारका लागि बोलाइएको बैठक एक दिन पछि अर्थात् सोमबार सार्ने निर्णय भएको जानकारी गराएको छ ।
बैठक सोमबार दिउँसो १ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया