धनगढी । नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत नदिने भएको छ ।
एमालेले आफ्ना सांसदलाई संसद बैठकमा अनिवार्य उपस्थित भएर तटस्थ नबसी सोडारीको विपक्ष मतदान गर्न भनेको हो ।
एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलको नेतृत्वमा धनगढीमा शुक्रबार बसेको दलको बैठकले सो निर्णय गरेको हो ।
संसदीय दलको बैठकमा उपसभामुखबाहेक सम्पूर्ण १० जनाकै उपस्थित थियो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले लिने विश्वासको मतका लागि आज शुक्रवार ४ बजे प्रदेश सभा बैठक बस्दै छ । उनले आफ्ना कुरा राखेर राजीनामा दिने स्रोतको भनाइ छ ।
गएको असार २० मा नेकपा एमालेले समर्थन फिर्ता लिएपछि सोडारीले अल्पमतको सरकार चलाउँदै आएका छन् । सोडारी एकीकृत समाजवादीका हुन् ।
संवैधानिक व्यवस्थाअनुसार समर्थन फिर्ता लिएको एक महिनाभित्र संसदमा बहुमत सिद्ध गरिसक्नुपर्छ । नभए सरकार ढल्छ ।
ठूला दल कांग्रेस–एमाले नै नयाँ सरकार बनाउन लागेकाले उनले विश्वासको मत पाउने सम्भावना छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया