एकीकृत समाजवादीको बैठक आज, टुंगिएला केन्द्रीय कमिटी ?

लोकपथ
35
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

दिउँसो ३ बजे पार्टी कार्यालय आलोकनगरमा बैठक बस्न लागेको हो ।

आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिनसक्ने बताइएको छ ।

यसअघि बुधबार बसेको बैठकले केन्द्रीय कमिटीको पूर्णता दिन ३ सदस्यीय कार्यदल गठन गरेको थियो ।

अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठन भएको कार्यदलले केन्द्रीय कमिटी र केन्द्रीय आयोगको संख्या, नाम र मनोनयकाबारेमा गृहकार्यको जिम्मा दिइएको थियो ।

अध्यक्ष नेपालसहित सम्मानीत नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल सदस्य रहेका थिए ।

गत असार २१ गते काठमाडौंमा सम्पन्न एकीकृत समाजवादीको १०आँै राष्ट्रिय महाधिवेशनले अध्यक्ष, सम्मानीत नेता र महासचिवसहित ९६ जनाको नाम टुंगो लगाएको थियो । २९९ सदस्यीय केन्द्रीय कमिटीमा बाँकी सदस्य तथा पदाधिकारीहरुको नाम टुंगो लाग्न बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?