काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टीबाट एक जनालाई राज्यमन्त्रीका रुपमा नियुक्त गर्ने भएका छन् ।
नेपाली कांग्रेसबाट कान्छाराम तामाङ र रूपा विक तथा नागरिक उन्मुक्ति पार्टीबाट अरुण चौधरीलाई राज्यमन्त्रीमा नियुक्त गर्नेगरी छलफल भइरहेको छ ।
यद्यपि, यो प्रारम्भिक चरणको छलफल भएकाले अन्तिम समयमा नाम परिवर्तन पनि हुन सक्नेछ । स्रोतका अनुसार, उनीहरुलाई आजै शपथ गराउने गरी तयारी भइरहेको छ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रधानमन्त्री ओलीलाई सिफारिस पत्र पठाएर चौधरीलाई राज्यमन्त्रीामा नियुक्त गर्न आग्रह गरेकी थिइन् ।
तीनजना राज्यमन्त्रीमा नियुक्त भएपछि मन्त्रिमण्डलले पूर्णता पाउने छ । संविधानअनुसार २५ जना भन्दा बढी मन्त्री नियुक्त गर्न पाइँदैन । यसअघि २२ सदस्यीय मन्त्रिपरिषद विस्तार भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया