‘हरिभवन’मा महानगरको नयाँ ‘हेडक्वाटर’, विवाद हुने पक्का !

काठमाडौँ, १५ कात्तिक – भूकम्पले क्षतिग्रस्त वागदरबारलाई काठमाडौँ महानगरपालिकाले वागदरबार परिसरमा निर्मित ‘हरिभवन’ दाबी गर्दै नयाँ निर्माणका लागि प्रस्तावित ‘डिजाइन’ सार्वजानिक गरेको छ पुरातत्व विभाग तथा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले काठमाडौँ महानगरपालिकाको कार्यालय रहेको सुन्धारास्थित उक्त भवन ऐतिहासिक ‘वागदरबार’ भएको दाबी गर्दै नभत्काउन आग्रह गरेका छन् । दुवै निकायको आग्रहलाई बेवास्ता गर्दै महानगरले भने पुरानो भवन भत्काएर नयाँ भवन निर्माणका लागि नक्सा सार्वजनिक गरेको छ महागरपालिकाले मङ्गलबार पत्रकार सम्मेलन गरेर एक हिस्सामा आधुनिक टावर र त्यससँगै जोडेर परम्परागत ‘डिजाइन’को नयाँ भवन निर्माण गर्न लागिएको जानकारी दिएको छ । महानगरले बाहिरी डिजाइन सार्वजनिक गरे पनि भित्री संरचना कस्तो रहन्छ भन्ने विषयमा छलफलकै चरणमा रहेको जानकारी दिएको छ, गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?