एमाले उपाध्यक्षमा गुरु बराल मनोनीत

लोकपथ
182
Shares

काठमाडौं । नेकपा एमालेले रिक्त उपाध्यक्षमा गुरु बराललाई मनोनीत गरेको छ ।

आज बिहीबार बसेको सचिवालय बैठकले सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको सो पदमा बराललाई नियुक्त गरेको हो ।

बराल यसअघि स्थायी कमिटी सदस्यको जिम्मेवारीमा थिए । बरालले बागमती प्रदेश इन्चार्जको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।

को हुन् बराल ?

२०५१ मा मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित बराल त्यसयता भने निरन्तर पराजित छन् । बराल एमालेको पाँचौं महाधिवेशनयता निरन्तर एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट छन् ।

पटकपटक टिकट पाउने तर चुनाव नजित्ने थोरै एमाले नेताको सूचीमा उनी पर्छन् ।

२०५१ सालको उपनिर्वाचनसहित बराल पाँच पटक उम्मेदवार बनेका छन् ।

२०५६ मा मोरङ क्षेत्र नम्बर ६ मा चुनाव लडेका उनी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मोरङ ४, २०७० को दोस्रो संविधानसभा निर्वाचनमा मोरङ ३ बाट पराजित भएका थिए ।

२०७४ सालको निर्वाचनमा पनि उनी मोरङ ३ बाट उम्मेदवार हुन चाहन्थे, तर भानुभक्त ढकालले टिकट पाए । २०७८ माघमा भएको राष्ट्रियसभा निर्वाचनमा एमालेले फेरि बराललाई उम्मेदवार बनायो, तर कांग्रेस उम्मेदवार गोपाल बस्नेतसँग बराबर मत ल्याएका उनी गोलाप्रथामा पराजित भएका थिए । उनी आफ्नै पार्टीका दुईजना प्रदेशसभा सदस्यको अन्तरघातका कारण राष्ट्रियसभामा पराजित बनेका थिए ।
उनीमाथि ओलीको विश्वास भने घटेको छैन । एमाले नेताहरुका अनुसार अहिले पनि प्रदेश १ मा ओली सहभागी हुने कार्यक्रमहरु बरालले नै फाइनल गर्छन् ।

स्थानीय तहको निर्वाचनमा एमाले उम्मेदवारलाई टिकट वितरणमा पनि बराल नै हावी भएका थिए । यसरी टिकट बाँढ्ने सुविधा बराललाई २०५४ को स्थानीय निर्वाचनमा पनि थियो । त्यसपछि ओझेलमा परेका बराल पार्टी विभाजनपछि फेरि पावरमा आएका छन् ।

त्याग, इमान्दारिता, लगनशीलता र निष्ठाको पर्यायको रुपमा गुरुप्रसाद बराललाई लिने गरिन्छ । नेकपा एमालेको राजनीतिक संगठनात्मक क्षेत्रमा करिव ५३ वर्षदेखि अनवरत रुपमा सकृय बराल विकास राजनीतिमा विशेष दख्खल राख्छन् । उनी विकास राजनीतिको कार्यमूलक नीति अनुसन्धानमा निरन्तर कृयाशील हुँदै आएका छन् । उनलै नेतृत्वमा मदन भण्डारी स्मृति प्रतिष्ठान सञ्चालित छ । प्रतिष्ठान दक्ष व्यक्तिहरु उत्पादन गर्ने अब्बल थलोका रुपमा परिचित छ । प्रतिष्ठानले निम्म, मध्यम र उच्च स्तरको प्राविधिक जनशक्ति उत्पादन गरिरहेको छ ।

पैसाका अभावमा कोही विपन्न वर्गका जेहेन्दार विद्यार्थीहरु वञ्चित हुनु नपरोस् भनेर प्रतिष्ठानले आउ पढ कमाउ तिर भन्ने शैक्षिक उपहार कार्यक्रम सञ्चालन गरेको छ । नेता बरालकै अवधारणामा सञ्चालित यो कार्यक्रमबाट सयौं विपन्न वर्गका विद्यार्थीले प्राविधिक शिक्षा हासिल गरी व्यवसायिक बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?