माओवादीलाई भोट हाल्ने काण्डमा बोल्यो ख्रीष्टियन महासंघ

काठमाडौं, १५ कात्तिक— नेकपा माओवादी केन्द्रलाई भोट हाल्न अपील गरिएको एक पत्रबारे राष्ट्रिय ख्रीष्टियन महासंघले आफ्नो ध्यानकर्षण भएको जनाएको छ राष्ट्रिय इसाई समाज एकता केद्रको नामक संस्थाले माओवादीको पक्षमा भोट हाल्न सार्वजनिक अपील गरेपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेको बेला महासंघले आफ्नो धारणा बाहिर ल्याएको हो महासंघले सो अपिललाई भ्रमपूर्णमात्रै भनेको छैन अपिल गर्ने संस्था नै अवैध भएको दाबी गरेको छ महासंघ तठस्थ संस्था भएको दाबी गरिएको विज्ञप्तिमा भनिएको छ— ख्रीष्टियन धार्मिक समुदायभित्र विभिन्न राजनीतिक आस्था राख्ने स्वतन्त्रता भएकाले महासंघ आफैं पवित्र धार्मिक समूहहरुको सञ्जाल भएकाले सबै राजनीतिक दलबाट तठस्थ बस्दै ख्रीष्टियन धार्मिक समुदायमाथि आँच आउने खालका कार्य नगर्न, नगराउन र नागरिकको मतदान गर्ने नैसर्गिक अधिकारी कुण्ठित गरी कुनै पनि कार्य नगर्न अपिल गर्दछ।’दुई संस्थाको विज्ञप्ति हेर्नुहोस् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?