‘पुष्पलालको विचारबाट म प्रभावित भएको हुँ’ 

लोकपथ
119
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पुष्पलालको विचारबाट आफू प्रभावित भएको बताएका छन् । 

बुधबार पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले सबै योद्दाहरुलाई  सम्झिनुपर्ने बताएका हुन् । 

उनले  भने,  ‘पुष्पलालको अनुयायी २०२२ सालदेखि उहाँको  विचारबाट  म प्रभावित भएको हुँ, २०२६ सालमा उहाँले  सञ्चालन गर्नुभएको  पार्टीको  सदस्य, र  अहिले पुष्पलाल स्मृति प्रतिष्ठानको अध्यक्ष भएको  नाताले सबैलाई  धन्यवाद दिन चाहन्छु ।’

साथै पर्यटनमन्त्री बद्री पाण्डेले गरिब जनताको अनुहारमा पुष्पलालले  ठुलो  खुसी दिएको  बताए । उनले  गरिब जनताको  लागि हासो ल्याउने  संघर्ष  नै उनको रहेको बताए ।  

उनले  भने, ‘मुलुकलाई  एउटा समृद्धि र  विकास बनाउनको  लागि पुष्पलालहरुले गरेको संर्घषको वर्णन गर्नै  सकिन्न ।  उहाँहरुले  देखाएको  बाटो  गरिब जनताको नाममा लिएको  हासो  र खुसी सम्झन लायक छ । ’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?