अझै पनि द्वन्द्वका घाउहरू मेटिएका छैनन् : अर्थमन्त्री पौडेल

लोकपथ
154
Shares
फाइल तस्बिर

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अझै पनि द्वन्द्वका घाउहरू नमेटिएको भन्दै शान्ति प्रक्रियालाई चाँडै निष्कर्षमा पुर्‍याउन आवश्यक रहेको बताएका छन् । 

बुधवार काठमाडौंमा इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको ३२औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अझै पनि द्वन्द्वका घाउहरू बाँकी रहेकाले शान्ति प्रक्रियालाई एउटा निष्कर्षमा पुर्‍याउने बाँकी काम सम्पन्न गर्ने अभिभारा सबैको काँधमा रहेको बताए । 

उनले भने, ‘पछिल्ला दिनहरूमा हामी देखिआएका छौँ, नेपालले  एउटा अनुचित  एउटा कहालीलाग्दो द्वन्द्वबाट नेपाली समाज मुक्त भएको छ । हिंसाबाट  शान्तिमा रूपान्तरण गरेका छौँ , शान्तिको  स्थापना भएको छ, अझै पनि द्वन्द्वका घाउहरू मेटिएका छैनन् , शान्ति प्रक्रियालाई एउटा निष्कर्षमा पुर्‍याउने  केही काम बाँकी नै  छन् । यो शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने अभिभारा हामी सबैको  काँधमा छ ।’

साथै उनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन सबै निष्कर्षहरू पिडितमैत्री हुनुपर्ने बताए ।    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?