केन्द्रीय कमिटीकाे टुंगो लगाउन एकीकृत समाजवादीले बनायो कार्यदल

लोकपथ
70
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको टुंगो लगाउन कार्यदल गठन गरेको छ ।

आज बसेको केन्द्रीय समिति बैठकले ३ सदस्यीय कार्यदल गठन गरेको हो ।

पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार
केन्द्रीय कमिटी र केन्द्रीय आयोगको संख्या, नाम र मनोनयका बारेमा गृहकार्यका तीन सदस्यी कार्यदल गठन गरिएको हो ।

जसमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानीत नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल सदस्य रहेका छन् ।

त्यस्तै केन्दीय कमिटीको बैठक आगामी साउन १८ गते बस्ने र सोही बैठकमा केन्द्रीय कमिटी र केन्द्रीय आयोगको टुंगो लगाउने खतिवडाले बताए ।

गत असार २१ गते काठमाडौंमा सम्पन्न एकीकृत समाजवादीको महाधिवेशनले अध्यक्ष, सम्मानीत नेता र महासचिवसहित ९६ जना केन्द्रीय सदस्यको मात्रै छनोट गरेको छ । २९९ सदस्यीय केन्द्रीय कमिटीमा बाँकी पदाधिकारी तथा सदस्यहरुको टुंगो लाग्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?