सडक पिच गर्ने विश्व बैंकको यस्तो प्रविधि नेपालमा असफल

काठमाडौं, १५ कात्तिक- विश्व बैंकले नेपालका सडक कालोपत्रे गर्न भित्र्याएको ‘ओटासिल’ प्रविधि असफल भएको छ । कालोपत्रे छोटो समयमै उप्किन थालेपछि सडक विभागले यो प्रविधि पूर्णरूपमा त्याग गरिसकेको छ ।सडक भत्किन थालेपछि सडक विभागले ओटासिल प्रविधि त्याग गरेको भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले जानकारी दिए सडक विभागले आर्थिक वर्ष ०६०÷६१ मा सात करोड रुपैयाँ खर्चेर ओटासिल गरेको गोरुसिंगे-सन्धिखर्क सडक पटक-पटक मर्मत गरी टिकेको थियो । त्यसपछि विभागले ओटासिल गरेको पाल्पा-तम्घास, तेह्रथुमको वसन्तपुर-म्याङलुङ, सुर्खेत-जुम्ला, बाग्लुङ-प्युठान, सिरहा उदयपुर जोड्ने मिर्चैया-कटारी-घुर्मी, सुर्खेतको छिन्चुबाट जाजरकोटसहितका आधा दर्जनभन्दा बढी सडक ओटासिल गरेको थियो । यी सबै सडक दुई वर्ष पनि टिकेनन्, अन्नपुर्ण पोस्टमा खबर छ आव ०७२/७३ बाट सुरु भएको पाँचबर्र्से योजनाअन्तर्गत डोलिडारले ७५ जिल्लामै ग्रामीण सडक निर्माण र स्तरोन्नतिको कार्यक्रम सञ्चालन गरेको छ । यो कार्यक्रमअन्तर्गत हाल ५९ वटा सडकका सात ७० किलोमिटरमा ओटासिल भइरहेको छ । यसमध्ये विभिन्न १० वटा सडकका ९० किमि मात्रै पूूरा भएको डोलिडारले जनाएको छ । विश्व बैंकको सहयोगमा सञ्चालित यो कार्यक्रमअन्तर्गत डोलिडारले ४९ वटा सडकको ६ सय ८० किमिमा ओटासिल गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?