पासपोर्ट कन्सुलर शाखामा परराष्ट्रमन्त्री राणाको छड्के

लोकपथ
210
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले त्रिपुरेश्वरस्थित पासपोर्ट कन्सुलर शाखाको निरीक्षणमा पुगेकी छिन् ।

बुधबार दिउँसो राणाले त्यहाँको निरीक्षण गरेकी हुन् । निरीक्षणका क्रममा डा राणाले सेवाग्राहीसँग समेत समस्याका बारेमा बुझेकी छिन् ।

लामो समयदेखि सेवाग्राहीले सामान्य कामका लागि समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता रहेको गुनासो गरेका थिए ।

निरीक्षणपछि परराष्ट्रमन्त्री राणाले त्यहाँको कामलाई चुस्तदुरुष्त बनाउन निर्देशन समेत दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?