प्रतिनिधि सभाको कृषि समितिको सभापतिमा कांग्रेसकी थापा निर्विरोध निर्वाचित

लोकपथ
70
Shares

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति पदमा नेपाली कांग्रेसकी सांसद कुसुमदेवी थापा निर्विरोध निर्वाचित भएकी छिन् ।

कांग्रेस सांसद वीरबहादुर बलायरको प्रस्ताव र नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद सूर्यप्रसाद ढकालको समर्थनमा थापा आज निर्विरोध निर्वाचित भएको ज्येष्ठ सदस्य टेकबहादुर गुरुङले घोषणा गरे ।

यसअघि पनि समितिको सभापति कांगे्रसको भागमा परेकामा सभापति डा आरजु राणा देउवा परराष्ट्रमन्त्री नियुक्त भएपछि सो पद रिक्त हुन पुगेको थियो ।

समितिको सभापति पदमा कांग्रेसका थापाको मात्र उम्मेदवारी परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?