कांग्रेसले माग्यो उपसभामुख जोडिएको प्रकरणमा सभामुखको जवाफ

लोकपथ
14
Shares
फाइल तस्बिर

काठमाडौं । उपसभामुख इन्दिरा राना मगर जोडिएको विषयमा नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सचेतक सुशिला थिङले उपसभामुखको विषयमा सभामुखको जवाफ मागेकी हुन् ।

उनले भनिन्, ‘उपसभामुखमाथि निकै चार्ज लागेको छ, ५ जना असम्बन्धितलाई व्यक्तिलाई पत्र सिफारिस गर्नेदेखि ५ जना बालिका लगेको कुरा पनि आएको छ । यो कुराबारे मानव तस्करीको गम्भिर आरोप लागेको छ । आरोप लाग्दैमा म सही हो पनि भन्दिनँ । तर, अन्त्यन्त गम्भीर आरोप लाग्दा जिम्मेवार पदमा बसेको व्यक्तिमाथि छानविन गर्न पाउन हक छ कि छैन । यो बिषयमा सभामुखको ध्यानाकर्षण गराउँछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?