कांग्रेस किन आक्रामक ?

काठमाडौँ, १५ कात्तिक- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखमा दुई ठूला दलको नेतृत्वमा गठित राजनीतिक गठबन्धनले वैचारिक रूपमै राजनीतिक ध्रुवीकरण बढाउने देखिएको छ । कांग्रेसले मंगलबार जारी गरेको चुनावी घोषणापत्रमा एमाले र माओवादी केन्द्रको गठबन्धनलाई चुनावी तालमेलका रूपमा मात्रै सीमित राखिएको छैन, एकदलीय साम्यवादी कम्युनिस्ट शासन स्थापना गर्ने लक्ष्यसाथ यस्तो गठबन्धन गरिएको निष्कर्ष निकाल्दै त्यसविरुद्ध एक ठाउँमा उभिन आम लोकतन्त्रवादीलाई आहवान गरिएको छ । यसले दुई गठबन्धन शक्तिबीच वैचारिक ध्रुवीकरण तीव्र हुने संकेत गरेको छ घोषणापत्र निर्माण समितिका संयोजक नेता महेश आचार्यले कम्युनिस्ट गठबन्धनकै कारण मुलुकमा सैद्धान्तिक र दार्शनिक ध्रुवीकरण बढ्ने खतरा देखिएको बताए । उनले दुई विशाल छिमेकी भारत र चीनबीच रहेको मुलुकमा गैरकम्युनिस्ट, प्रगतिशील, राष्ट्रवादी शक्तिहरू र कठोर साम्यवादी दर्शन लिएका शक्तिको टक्करले नेपाली राजनीति फेरि विवादको भुमरीमा फस्ने चिन्ता देखिएको बताए, कान्तिपुरले  खबर छापेको छ   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?