ढुंगेल पक्राउ- १२ वर्ष ५ महिना २२ दिन कैद बस्नुपर्ने

काठमाडौँ, १५ कात्तिक- द्वन्द्वकालीन हत्याको मुद्दामा सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैद तोकिएका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल ८ वर्षपछि पक्राउ परेका छन् । ललितपुरको सातदोबाटोस्थित डेराबाट निस्कन लागेका ढुंगेललाई सादा पोसाकका प्रहरीले मंगलबार बिहान ११ बजे पक्राउ गरी काठमाडौं जिल्ला अदालतको फैसला कार्यान्वयन इकाई पुर्‍याएका हुन् जन्मकैद फैसलामा २० वर्ष जेल बस्नुपर्ने व्यवस्थाअनुसार ढुंगेलले यसअघि भुक्तान गरेको जेल सजायबाट कटाएर बाँकी १२ वर्ष ५ महिना २२ दिन कैद भुक्तान गर्नुपर्ने देखिएको छ । अदालतका फैसला कार्यान्वयन अधिकारी ध्रुवकुमार ढकालले हस्ताक्षर गरेर डिल्लीबजार कारागारलाई पठाएको कैद म्यादसम्बन्धी पत्रमा ढुंगेल २०८७ वैशाख ५ गतेसम्म कारागार बस्नुपर्ने उल्लेख छ, कान्तिपुरमा खबर छ   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?