एमालेले बोलायो सचिवालय बैठक

लोकपथ
0
Shares

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ ।

केन्द्रीय नेताहरुको जिम्मेवारी हेरफेरको सन्दर्भमा छलफल गर्न एमालेले सचिवालय बैठक बोलाएको हो ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले आगामी बिहीबार पार्टी कार्यालय च्यासलमा बैठक बस्नेछ ।

यसअघि असार २६ गते बसेको सचिवालय बैठकले नेताहरुको जिम्मेवारी हेरफेर गर्ने विषयमा छलफल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?