२०७८,श्रावण,८,शुक्रवार

यस्तो बन्दै छ संघीय संसद्, प्रदेश संसद् भने अनिश्चित

२०७४,कार्तिक,१५,बुधबार ००:३९


सरकारले व्यवस्थापिका–संसद् भवनलाई नै संघीय संसद् भवन बनाउने भएको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ठूलो हल प्रतिनिधिसभा र सोही भवनको नुप्से हल राष्ट्रिय सभा बन्ने भएको हो । २७५ सदस्यीय प्रतिनिधिसभा र ५९ सदस्यीय राष्ट्रिय सभा भवनको डिजाइनबारे अध्ययन सम्पन्न भएको र भौतिक संरचना निर्माण सुरु गर्न लागिएको संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले बताए ‘यसअघि संविधानसभा र संविधान जारीपछि रूपान्तरित व्यवस्थापिका–संसद् भवनमै संघीय संसद् रहन्छ । राष्ट्रिय सभाका लागि सानो हल र प्रतिनिधिसभाका लागि ठूलो हल प्रयोग गर्ने गरी अध्ययन गरिएको छ,’ उनले भने, ‘वार्षिक १० करोड ५७ लाख रुपैयाँ भाडा तिर्ने गरी गत साउनमा सम्झौता भएको छ ।’ संसद् सचिवालय र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबीच पहिलो संविधानसभा निर्वाचनपछि वार्षिक पाँच करोड ६३ लाख ३२ हजार रुपैयाँ भाडा तिर्नुपर्ने सम्झौता भएको थियो । त्यसपछि प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले भाडा वृद्धि हुँदै आएको छ प्रदेश सभा अनिश्चितप्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम आएको मितिले २० दिनभित्र प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, सरकारले प्रदेश राजधानी र सचिवालयको टुंगो लगाउन बाँकी छ । सरकारले प्रदेशको अस्थायी राजधानी तोकेर प्रदेश सभा सञ्चालन गर्ने कानुनविद् एवं माओवादी केन्द्रका नेता रामनारायण बिडारीले बताए ‘भवनकै कारण प्रदेश सभा रोकिँदैन । यसअघि संविधानसभाको पनि आफ्नै भवन थिएन । काम चलेकै हो । जिल्ला–जिल्लामा जिविसलगायतको हल छँदै छ । सरकारले व्यवस्थापन गर्नुपर्छ,’ उनले भने हाल सरकारले अस्थायी राजधानी तोकेर प्रदेश सभा सञ्चालन गरे पनि प्रदेश सभाको दुईतिहाइले प्रदेशको राजधानी तोक्ने र सोहीअनुसार प्रदेश सभा सञ्चालन गर्ने स्थान हेरफेर हुने कानुनविद् बिडारीले बताए प्रदेश राजधानी र सभा हलबारे सरकारले निर्णय गरिनसकेकाले प्रदेश सभा कहाँ बस्ने र सचिवालयमा के–कति कर्मचारी रहने भन्नेबारे अन्योल छ । संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतम नेतृत्वको संघीय संसद् एवं सचिवालय र प्रदेश सभा एवं सचिवालयसम्बन्धी अध्ययन समितिले प्रदेश सभा सञ्चालनका लागि आवश्यक संरचनाबारे अध्ययन प्रतिवेदन सरकारलाई बुझाइसकेको छ, नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,१५,बुधबार ००:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

महामहिम ओलीदेखि व्यवस्थासम्मलाई दोष !
 २०७८,श्रावण,८,शुक्रवार २०:०६