उम्मेदवार टुंग्याउन प्रमुख तीन दल व्यस्त

काठमाडौँ, १४ कात्तिक । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको उम्मेदवारी छनोटलाई अन्तिम रुप दिन प्रमुख तीन राजनीतिक दल छुट्टाछुट्टै बैठकमा केन्द्रित भएका छन् प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र मधेस केन्द्रित दलका शीर्ष नेता प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा सहभागी छन्  । विशेषगरी तराई मधेसका जिल्लामा काँग्रेस र मधेश केन्द्रित दलका तर्फबाट हुने चुनावी तालमेलका विषयमा सहमति जुटाउन बैठक बसिरहेको जनाएको हो संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच दोस्रो चरणअन्तर्गत हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको उम्मेदवारी छनोटको प्रक्रिया लगभग सकिएपछि उनीहरु काँग्रेससँगको छलफलमा केन्द्रित भएका हुन् । राजपा नेता मनिष सुमनले छलफल जारी रहेको जानकारी दिए उता नेकपा(एमाले) स्थायी समितिको बैठक उपाध्यक्ष वामदेव गौतमको निवास भैँसैपाटीमा जारी छ । आजको बैठकबाट सबै उम्मेदवारी निक्र्योल गर्ने सो पार्टीले जनाएको छ । एमाले प्रचार विभागका सचिव विष्णु रिजालकाअनुसार आज सबै प्रदेश र जिल्लाको उम्मेदवारी टुंगो लाग्ने छ नेकपा (माओवादी केन्द्र) र एमालेबीच आज उम्मेदवारीको विषयमा लगभग सहमति जुटेको छ । सहमतिअनुसार सल्यानमा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रले उम्मेदवारी दिने भएको छ । विना विभागीय मन्त्री समेत रहनु भएका टेकबहादुर बस्नेतलाई एमाले र माओवादी केन्द्रले संयुक्त उम्मेदवार बनाउने सहमति भएको छ एमाले नेता प्रकाश ज्वाला भने प्रदेश सभाको उम्मेदवार बन्नेछन् । यस्तै सहमति हुन नसकेको झापाको एक क्षेत्रमा भने पूर्वसञ्चारमन्त्री राम कार्कीको विषयमा सहमति भएको छ । यसैगरी माओवादी केन्द्रले पनि आजै उम्मेदवारीलाई अन्तिम रुप दिने जनाएको छ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साँझ उहाँकै निवास लाजिम्पाटमा आयोािजत पार्टी प्रवेश कार्यक्रममा आजै उम्मेदवारी टुंगो लाग्ने जानकारी दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?