२०७८,श्रावण,१९,मंगलवार

उत्तर कोरियामा बबाल, आणविक परीक्षणका २०० को मृत्यु

२०७४,कार्तिक,१४,मंगलवार १६:३०


टोकियो, १४ कात्तिक – उत्तर कोरियाको आणविक परीक्षणस्थलमा अकस्मात विष्पोट भएपछि सुरुङमा पुरिएर करिब २०० जनाको मृत्यु भएको आशङ्का गरिएको जापानी सञ्चारमाध्यमले मंगलबार जनाएको छ पुङ्गे–रीमा गत सेप्टेम्बर ३ मा उत्तर कोरियाले गरेको छैटौँ तथा सबैभन्दा ठूलो भूमिगत आणविक हतियार परीक्षणका क्रममा सुरुङमा काम गरिरहेका १०० जनाभन्दा बढी मानिसको मृत्यु भएको जापानी टेलिभिजन असाहीले उत्तर कोरियाली गोप्य स्रोतको हवाला दिँदै उल्लेख गरेको छ एएफ्पीलाई प्राप्त समाचारमा भनिएको छ, “शुरुको विष्पोटमा १०० जनाको मृत्यु भएको र उद्धारका लागि पुगेको अर्को समूहका १०० जना उद्धारका क्रममा सुरुङ पुनः भत्किएपछि थियो ।”दुर्घटना सेप्टेम्बर ३ मा गरिएको शक्तिशाली हतियार परीक्षणका क्रममा भएको असाहीले जनाएको छ विज्ञ समूहले भनेको छ, “भूमिगत परीक्षणले पहाड भत्ँिकने र यसको विकिरण जमिनबाट चुहिएर चीनको सीमा नजिकैको वातावरणमा पर्नसक्ने बताएका छन् ।”अमेरिकी भौगर्भिक विभागले परीक्षणका क्रममा विष्पोटको आवाजले पहिले ६.३ म्याग्निच्युडको भूकम्पीय धक्का महसुुस भएको र केही बेरमा ४.१ म्याग्निच्युडको भूकम्पको महसुस भएको बताएको थियो ।

प्रकाशित मिति: २०७४,कार्तिक,१४,मंगलवार १६:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । दक्षिण कोरियामा गएको हप्ता दुई हजारभन्दा बढी सङ्क्रमित भेटिएका छन् । ती सङ्क्रमित नयाँ भेरिएन्टका भएका बताइएको छ

काठमाडौं । अफगानिस्तानको पश्चिमी भागमा रहेको हेरात शहरमा सुरक्षाबल र तालिबान लडाकूबीच भएको दोहोरो भीडन्तमा परी ४१ जना तालिबानी लडाकू

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट थप ३० हजार ५४९ जना सङ्क्रमित भएका छन् । कोरोना भाइरसबाट सङ्क्रमितको कूल सङ्ख्या

काठमाडौं । पछिल्लो हप्ता ग्रीनल्यान्डमा धेरै बरफ पग्लिएको डेन्मार्कका वैज्ञानिकहरुले बताएका छन् । वैज्ञानिकहरुले स्याटलाइटबाट तस्बिरहरुको जाँच गरी उक्त कुराको

ताजा समाचार

डोटीमा डेढ अर्बभन्दा बढी बजेट फ्रिज
 २०७८,श्रावण,१९,मंगलवार १६:२०