काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज संसद्बाट विश्वासको मत लिँदैछन् ।
प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि अहिले संसद्मा छलफल भइरहेको छ ।
ओलीले वर्तमान सरकारले गर्ने कामको फेहरिस्त सुनाएर विश्वासको मत मागे । तर त्यसपछि प्रधानमन्त्री बैठकबाट बाहिरिए ।
त्यसपछि विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिन रोस्टममा पुगेका सांसदहरुले प्रधानमन्त्रीको खोजी गरे । माओवादीको तर्फबाट छलफलमा भाग लिएका पूर्व अर्थमन्त्री समेत रहेका सांसद वर्षमान पुनले सम्बोधन गर्दा उनी बाहिरिएका हुन् ।
बैठकमा पूर्व प्रधानमन्त्री समेत रहेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले प्रधानमन्त्रीको खोजी गरे । प्रधानमन्त्रीलाई औपचारिक रुपमा बधाइ रोस्टमबाट दिएका नेपालले त्यहाँ नदेखेपछि बाहिर कतैबाट सुन्दै हुनुहुन्छ भन्दै टिप्पणी गरे ।
संसद् भवन परिसरमा प्रधानमन्त्री रहे पनि यो समाचार तयार पार्दासम्म प्रधानमन्त्री ओली बैठकमा भने उपस्थित रहेका छैनन् ।
विश्वासको मत लिने दिनमा नै प्रधानमन्त्री संसद्मा नबसेर संसद्लाई अपहेलना गरेको टिप्पणी सांसदहरुले गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया