धादिङमा नेविसंघको समानान्तर कमिटी

लोकपथ
1.4k
Shares

काठमाडौं । धादिङमा नेपाली कांग्रेसको भ्रातृ संगठन (नेविसंघ) समानान्तर कमिटी गठन भएको छ ।

यसअघि नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले सुदिप गौलीलाई अध्यक्ष बनाएका थिए । जिल्लामा प्रभाव पार्न नसक्ने र लोकप्रीय नरहेको व्यक्तिलाई अध्यक्षको चिठ्ठी दिइएको भन्दै यसअघि विरोध हुँदै आएको थियो ।

नेपाली कांग्रेस जिल्ला कार्यसमितिले समेत गौलीलाई स्वीकार नगरेको कारण कांग्रेसको गगन–शेखर समूहका दिनेश श्रेष्ठलाई अध्यक्ष बनाइएको हो । उनी जिल्लामा कांग्रेसका नेता कार्यकर्तामा मात्र नभएर आम जनतासामु समेत परिचित रहेका छन् ।

पछिल्लो समय आफू निकटका व्यक्तिहरुलाई जिल्ला अध्यक्षको चिठ्ठी बाँडिएको भन्दै धादिङमा मात्र होइन अन्य जिल्लामा समेत समानात्तर कमिटी गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?