हेटौंडा । बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज आइतबार राजीनामा दिएका छन् । आइतबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गरेर उनले राजीनामा दिएका हुन् ।
यसअघि विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराए पनि उनले राजीनामा दिएका हुन् । आजै बसेको माओवादीको बागमती प्रदेश संसदीय दलको बैठकले उनलाई राजीनामा दिन सुझाएको थियो ।
प्रदेश सभामा बोल्ने क्रममा उनले आफूले गरेका कामको रेकर्ड गराउन बैठक राख्न आग्रह गरेको र विश्वासको मत लिने प्रस्ताव दर्ता गरेको बताए । साथै नयाँ सरकार बनाउन दुई दलको स्पष्ट बहुमत रहेकाले मार्गप्रशस्त गर्न चाहेको पनि उनले बताए । उनले अबका दिनमा माओवादी केन्द्रले प्रदेश सभामा सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनले बताए ।
१७ असारमा केन्द्रमा कांग्रेस र एमालेबीच सत्ता समझदारी भएपछि २४ असारमा एमालेले समर्थन फिर्ता लिएसँगै जम्कट्टेल अल्पमतमा परेका थिए । उनी २५ पुस २०७९ मा मुख्यमन्त्री नियुक्त भएका थिए । एमाले, राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको सत्ता समीकरणबाट दोस्रो कार्यकालको पहिलो सरकारको नेतृत्व गरेका जम्कट्टेलले १८ महिनामा सरकारबाट बाहिरिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया