सुदूरपश्चिममा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री बन्ने

लोकपथ
357
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा पूर्व मुख्यमन्त्री कमलबहादुर शाहलाई नै मुख्यमन्त्री बनाउने भएको छ ।
यसअघि १४ महिना सुदूरपश्चिम सरकारको नेतृत्व गरेका शाहलाई नै कांग्रेसले मुख्यमन्त्रीको जिम्मेवारी दिने भएको हो ।

उनी यसअघि नेकपा माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्तिको समर्थनमा मुख्यमन्त्री भएका थिए ।
नेपाली कांग्रेस र एमालेको समर्थनमा उनी मुख्यमन्त्री बन्न लागेका हुन् ।

५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११, माओवादीका ११ (सभामुखसहित), नागरिक उन्मुक्तिका सात, नेकपा (एकीकृत समाजवादी)का चार र राप्रपा एक तथा स्वतन्त्र सांसद एक जना छन् । विश्वासको मतका लागि २७ सांसद आवश्यक पर्छ । कांग्रेस र एमाले दुई दल नै सरकार गठनका लागि पर्याप्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?