काठमाडौं । उपसभामुख इन्दिरा रानाले भिसा अन्तर्वार्ताका लागि अमेरिकी दूतावासलाई लेखेको पत्रबारे संसद्मा प्रश्न उठेको छ ।
आज बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेस–एमाले सांसदहरुले उपसभामुख रानामाथि प्रश्न उठाए । तर प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी भने उनको बचाउमा उत्रिएको छ ।
आजको बैठकको आकस्मिक समयमा बोल्दै माओवादी सांसद माधव सापकोटाले उपसभामुखको चरित्र हत्या गरेको भन्दै आपत्ति जनाए । उनले संवैधानिक परिषद्मा अल्पमतमा परेपछि लामो समयपछि उक्त पत्र सार्वजनिक गरिएको भन्दै संसद्ले त्यस विषयमा न्याय गर्नु पर्ने बताए । साथै सोही उदेश्यद्वारा पत्र सार्वजनिक गरिएको भए आफूहरु त्यसमा सशक्त रुपमा प्रतिवाद गर्ने बताए ।
‘संवैधानिक परिषद्मा तपाईँहरु अल्पमतमा पर्नु भयो भनेर तपाईँहरुले यसलाई जुन उदेश्यका साथ हाइलाइट गरिरहनु भएको छ । यदी साच्चै त्यो हो भने आफ्नो अधिकारकाप्रति यो संसद् पनि न्याय गर्नु पर्नेछ,’ उनले भने, ‘संवैधानिक परिषद्मा तपाईँहरुलाई के के गर्नुछ भने हामी प्रतिपक्ष त्यसलाई सशक्त ढंगले प्रतिवाद गर्छौँ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएकी उपसभामुख रानाबारे आज नै रास्वपाले विज्ञप्ति जारी गरेर उनको बचाउ गरेको छ ।
आजको बैठकको आकस्मिक समयमा बोल्दै रास्वपा सांसद सुमना श्रेष्ठले उपसभामुख राना सामाजिक व्यक्ति भएको भन्दै उनको उचो व्यक्तित्वलाई गिराउनका लागि अहिले पत्र सार्वजनिक गरिएको भन्दै बचाउ गरिन् ।
उनले त्यसअघि बोलेका माओवादी सांसद सापकोटाले जस्तै संवैधानिक परिषद्मा अल्पमतमा परेपछि उपसभामुखलाई विवादमा ल्याउन खोजिएको बताइन् । उनले संवैधानिक परिषद्मा आफूले मन लागेको काम गर्न नपाएमा उपसभामुखले कुनै अवरोध नगर्ने भन्दै टिप्पणी गरिन् । साथै महिलामाथि हेप्न खोजिएको भन्दै महिलालाई नहेप्न चेतावनी दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया