प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने रास्वपाको औपचारिक निर्णय, विपक्षमा मतदान गर्न ह्वीप जारी

लोकपथ
336
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने औपचारिक निर्णय गरेको छ । भर्खरै सकिएको रास्वपा संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।

बैठकले प्रधानमन्त्री ओलीले अहिले केहीबेरमा प्रतिनिधिसभामा राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न रास्वपाले आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।

संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले एक सूचना जारी गरी विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् ।
नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले विपक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेका छन् । पछिल्लो समय माओवादी, एकीकृत समाजवादी र रास्वपा एउटै कित्तामा उभिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?